प्राज्ञिकको नवौँ राष्ट्रिय अधिवेशन धनगढीमा

धनगढी | माघ २१, २०७९

प्राज्ञिकको नवौँ राष्ट्रिय अधिवेशन धनगढीमा

धनगढी: प्रत्येक दुुई वर्षको अन्तरालमा हुने प्राज्ञिकको नवौँ राष्ट्रिय अधिवेशन धनगढीमा हुने भएको छ । 

 

प्राज्ञिक विद्यार्थी परिषद, नेपालले आज शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । 

 

परिषद्ले आत्मनिर्भर अर्थतन्त्र र भष्ट्राचार नियन्त्रणका लागि नवौँ राष्ट्रिय अधिवेशन भन्ने मूूल ध्येयको साथ परिषद्को नवौँ राष्ट्रिय अधिवेशन गर्न लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  अधिवेशन आगामी चैत १८, १९ र २० गने सुदरपश्चिम प्रदेश धनगढीमा हुने छ ।

 

अधिवेशनमा उद्घाटन समारोह, शोभा यात्रा, खुल्ला अधिवेशन, प्रस्ताव सत्रहरु रहने छन् । भने राष्ट्रिय अध्यक्ष एवं राष्ट्रिय महासचिवको निर्वाचनसहित केन्द्रिय कार्यकारिणी समितिको घोषणा हुने जनाइएको छ । 

 

त्यस्तै अधिवेशनमा समाजसेवी युवाहरुलाई राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरुस्कारद्वारा सम्मान गरिने छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्